२१ बैशाख २०८१, शुक्रबार
Follow Us

ओएनएफ यूकेले मनायो तीज

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८०, बुधबार १३:३१

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूके महिला बालबालिका तथा जेष्ठ नागरिक विभागले बेलायतमा तीज विशेष कार्यक्रम मनाएको छ । गत आइतबार बेलायतको दक्षिण पुर्वी उलवीचमा नेपाली महिलाहरुको विशेष चाड तीज भव्य रुपमा मनाइएको हो ।

विभाग प्रमुख सुदेशा बजगाईको अध्यक्षतामा आयोजित तीज कार्यक्रममा संयुक्त अधिराज्यस्थित नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालको प्रमुख उपस्थिति रहेको थियो । परिवारसहित कार्यक्रममा प्रमुख अतिथिका उपस्थित भएकी खनालले विदेशमा पनि नेपाली संस्कृति र परम्परा जोगाउने कार्यको प्रसंसा गरिन् । उनले नेपाली नारीहरु जहाँ रहेपनि आफ्नो संस्कृतिको जगेर्ना गरिरहेकाले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।
तीज कार्यक्रमका विशेष अतिथिका रुपमा उपस्थिति ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले महिलाहरुका विशेष उपस्थितिमा भएका तीज पर्वलाई एकातिर संस्कृतिको संरक्षण र अर्कातिर महिलाहरु विच परस्परिक सहयोग आदान प्रदान गरिरहेको भन्दै खुशी व्यक्त गरे । अर्का विशेष अतिथि जीत रानाभाटले तीजको विशेष महत्व रहेको बताए ।

तीज कार्यक्रममा एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद् कोषाध्यक्ष राममाया विष्ट थापाले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् । अध्यक्ष बजगाईले तीजमा सहभागीता जनाउने सबैलाई धन्यवाद दिइन् ।

विशेष गरि नेपाली महिलाहरुको सहभागीता रहेको तीज विशेष कार्यक्रममा कोरियन, फिलिपिनीलगायतका महिलाहरुले पनि नाचगाँन गरि रमाइलो मनाएका थिए । कार्यक्रममा तीन जनालाई राफल टिकट मार्फत पुरस्कार दिइएको थियो भने कविता समेत बाचन गरिएको थियो