२४ असार २०८१, आईतवार
Follow Us

सुन तस्करी गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०८०, बुधबार ०७:०८

प्रहरीले रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाण्डु महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिएका छन ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।