१४ असार २०८१, बिहीबार
Follow Us

बेलायतका लागि नेपाली राजदूत आचार्य सहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०८१, बिहीबार १४:३१

लण्डन । सरकारले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य सहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारत, अमेरिका बेलायत सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेलामा राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।

मन्त्रिपरिषद्ले फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।