२६ असार २०८२, बिहीबार
Follow Us

मिस माल्टा चेरिस स्पीटेरी नेपालमा

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०८१, सोमबार ०२:४९

काठमाडौँ । मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरिएको छ।

उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो ।

मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले जानकारी दिए ।

हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरु नेपाल भित्रने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ ।

‘मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका मान्छेले नेपाल घुम्ने ठाउँ रहेछ भन्ने जानकारी पाउँछन् । यो हाम्रो लागि राम्रो पक्ष हो’, भण्डारीले भने, ‘त्यसमाथि उनीहरुलाई माल्टाका सबै मिडियाले फलो पनि गरिरहेका हुन्छन् । उनीहरुले नेपालबारे डकुमेन्ट्रीसमेत बनाउने तय भएको तथा मिडियाहरुमा भ्रमणबारे चासो हुने भएपछि स्वाभाविकरुपमा माल्टामा नेपालको पर्यटनको प्रमोट गर्न सकिन्छ ।’

मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको र पछि माल्टाका लागि नेपालको पर्यटन दूत भण्डारीको पहलमा अहिले नेपाल भ्रमण गराइएको बताइएको छ । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ । मिस माल्टालाई स्वागत गर्न एनआरएनए माल्टाका रेम्स खनाललगायत समेत विमानस्थलमा सहभागी थिए ।

Main Program

मिस माल्टा चेरिस स्पीटेरी
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु

आज:**
विमानस्थलमा उनीहरुलाई नेपाल पर्यटन बोर्ड, एनआरएनए र पर्यटन प्रवद्र्धकले परम्परागत पञ्चेबाजासहित स्वागत गरेका थिए ।

*भोलि:*
प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्रीसँग भेटवार्ता हुनेछ ।

*पर्सि:*
उनीहरुले चन्द्रागिरि, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सम्पदाको भ्रमण गर्नेछन् ।

*आगामी दिनहरू:*
– उनीहरूले धेरै विद्यालयहरू भ्रमण गर्नेछन् र सहयोग चन्दा प्रदान गर्नेछन्।
– चितवन भ्रमणका क्रममा उपमेयर सुनिता डंगोल, भरतपुरका मेयर रेणु दाहाल र रत्ननगरका मेयर प्रल्हाद सापकोटासँग भेटघाट गर्ने, सफारीको मजा लिने र विभिन्न गतिविधिमा व्यस्त रहने उनीहरुको योजना छ ।
– नेपालको समृद्ध सांस्कृतिक र ऐतिहासिक महत्व झल्काउने थप सम्पदा स्थलहरूको भ्रमण गरिनेछ।

*अतिरिक्त घटनाहरू:*
– पर्यटन बोर्डमा पत्रकारहरूसँग स्वागत र अन्तरक्रिया हुनेछ।
– अगस्ट ३ तारिखमा उनीहरु मिस नेपाल ग्राण्ड फिनाले र एनटीबीले आयोजना गरेको गाला डिनरमा सहभागी हुनेछन् ।

* प्रस्थान:*
उनीहरु भदौ ५ गतेसम्म नेपालमै बस्नेछन् ।

धेरै पढिएको