१२ चैत्र २०८१, बुधबार
Follow Us

नेपालले उपाधिका लागि भारतसँग खेल्ने

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८१, मंगलवार १३:५१

काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।