बारा । गत शनिबार कारभित्र मृत अवस्थामा भेटिएका नेपाल प्रहरीका कर्मचारी राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको पुष्टि भएको छ । शवको पोष्टमार्टम रिपोर्टअनुसार रुम्बाको टाउकोमा एक राउन्ड गोली प्रहार भएको पुष्टि भएको हो ।
बाराका प्रहरी प्रमुख (एसपी) महेन्द्र खडकाका अनुसार, हत्या भएको खुलेपछि घटनामा संलग्न हत्याराको पहिचान र पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरिएको छ । अनुसन्धान तीव्र पारिएको र घटनाको थप विवरण संकलन भइरहेको उनले बताए ।
शनिबार बिहान जितपुर सिमरा उप(महानगरपालिका ११ स्थित सडक छेउमा बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र रुम्बाको शव भेटिएको थियो । मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा कार्यरत थिए । प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको छ ।