३२ असार २०८२, बुधबार
Follow Us

प्रहरीले भन्यो-‘रेविकालाई झुक्किएर गोली लाग्यो’

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८१, बुधबार १३:३९

काठमाडौँ । शुक्रबारको राजावादी प्रदर्शनका क्रममा विद्यार्थी रेविका खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको स्पष्टीकरण दिएका हुन् ।

‘लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएको थियो । त्यो स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहार गरिएको गोली लागेको हुनुपर्छ’, उनले भने ।

मन्त्री डा राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका खेलेको बताइन् ।

उनले सदस्य राष्ट्रहरूबीचको सामूहिक सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट गरिन् ।

बिमस्टेक भित्रको क्षेत्रीयताको प्रमुख उत्प्रेरक यस क्षेत्रको अर्थतन्त्र, स्रोतसाधन, संस्कृति, समाज र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको बताउँदै उनले प्रशस्त प्राकृतिक स्रोतसाधन र युवा जनसंख्या भए पनि बिमस्टेक त्यस रूपमा अझै अघि बढ्न नसकेको बताइन् ।

धेरै पढिएको