५ भाद्र २०८२, बिहीबार
Follow Us

५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा जेठ २८ फैसला सुनाइने

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०८२, बिहीबार १५:२७

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारीहरु विरुद्धको रिटमा २८ जेठमा निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले जेठ २८ मा फैसला सुनाउने निर्णय गरेको हो ।

बिहिबार दुवै पक्षको बहस सकिएपछि सर्वाेच्चले जेठ १६ गतेभित्र सबै अधिवक्ताहरुलाई बहस नोट बुझाउन आदेश गरेको छ । बहस नोट बुझाएको १२ दिनपछि यसबारे फैसला हुने भएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत् १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदमा पदाधिकारी नियुक्त गरेको थियो ।

त्यसविरुद्ध छुट्टाछुट्टै मितिमा सर्वोच्चमा १५वटा रिट परेका थिए ।

धेरै पढिएको