१ श्रावण २०८२, बिहीबार
Follow Us

एनआरएनए नर्वेले थाल्यो सदस्यता वितरण

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८२, आईतवार २१:४३

एनआरएनए नर्वेले २०२५-२०२७ कार्यकालका लागि सदस्यता नविकरण र नयाँ आवेदन खोलेको घोषणा

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले आगामी २०२५-२०२७ कार्यकालका लागि सदस्यता नविकरण र नयाँ सदस्यता आवेदन प्रक्रिया सुरु गरेको छ। आवेदन अनलाइन प्रणाली (MIS System) मार्फत मात्र स्वीकृत हुने भएकाले आवेदनकर्ताहरूलाई ‘Smart NRNA’ एप डाउनलोड गरी फारम भर्न निर्देशन दिइएको छ।

संघको विधान अनुसार आवेदन फारममा सहि र पूरा विवरण भर्नुपर्ने भएकाले सदस्यहरूले आफ्नो इमेल, मोबाइल नम्बर र ठेगाना अनिवार्य रूपमा प्रदान गर्नुपर्नेछ। उक्त इमेल वा मोबाइल नम्बर नै आवेदन प्रणालीमा युजर आईडीका रूपमा प्रयोग हुनेछ। आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी सोही ठेगानामा प्राप्त हुने व्यवस्था गरिएको छ।

२०२५-२७ कार्यकालका लागि सदस्यता शुल्क १०० नर्वेजियन क्रोनर (NOK) निर्धारण गरिएको छ। शुल्क बैंक ट्रान्सफर वा क्यास मार्फत बुझाउन सकिने भए पनि आवेदन फारममा क्यास विकल्प छान्न सुझाव दिइएको छ। क्यास बुझाउँदा सदस्यता सहजता टोलीका सदस्यलाई रकम बुझाएर रिसिप्ट लिनुपर्ने छ।

एनआरएनए नर्वेले सदस्यता लिन चाहनेहरूलाई कम्तीमा १८ वर्ष उमेर पुगेको नेपाली नागरिक वा नेपाली मूलका विदेशी नागरिक हुनुपर्ने र नर्वे वा युरोपमा कम्तीमा दुई वर्ष बसोबास गरेको हुनुपर्ने विधान बमोजिम योग्यताको मापदण्ड राखेको छ। नयाँ सदस्यहरूले पासपोर्ट, विदेशी बसाई प्रमाणित गर्ने सवारी चालक अनुमतिपत्र वा रेसिडेन्ट कार्ड जस्ता कागजातहरू अनिवार्य रूपमा अनलाइन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।

सदस्यता सहजता टोलीका पवित्र बस्नेत र पशुपति भण्डारीले थप जानकारीका लागि सम्पर्क नम्बर सार्वजनिक गरेका छन्। आगामी दिनमा टोलीका अन्य सदस्यहरू पनि समावेश गरिने बताइएको छ।

सहजताको लागि सदस्यता आवेदन फारम र थप विवरणहरू ‘Smart NRNA’ एप मार्फत उपलब्ध छन्।

धेरै पढिएको