काठमाडौं । नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति रिक्त रहेको छ । आज (आइतबार) प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति रिक्त रहेको बारे जानकारी गराए ।
विद्यमान जनशक्ति ९४.०५ प्रतिशत ९७४ हजार ८ सय ६ रहेको जानकारी गराए । सिनियर अफिसरहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको जानकारी गराए । उनले भने, ‘नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ हो । खालि भएर अहिले ५.९५ प्रतिशत ४ हजार ७ सय ३५ खालि छ ।
विद्यमान जनशक्ति ९४.०५ प्रतिशत ९७४ हजार ८ सय ६ रहेको छ । सिनियर अफिसरहरूको प्रतिशतमा गणना गर्दा प्रहरी महानिरीक्षकदेखि, प्रहरी निरीक्षकहरू गणना गर्दा २.८४ प्रतिशत रहेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको छ ।
तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ ।’ तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको पनि उनले जानकारी गराए ।