५ भाद्र २०८२, बिहीबार
Follow Us

स्कटल्याण्डमा चर्चित कथावाचक कुवेर सुवेदीको आध्यात्मिक प्रवचन

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८२, बुधबार २१:२०

लण्डन । बेलायतमा रहेका चर्चित कथावाचक तथा धर्मदर्शन आश्रम–देवघाटका संस्थापक पण्डित कुवेर सुवेदीले स्कटल्याण्डमा आध्यात्मिक प्रवचन दिने भएका छन्।

गैरआवासीय नेपाली संघ यूकेका महासचिव दिवाकर पाण्डेका अनुसार सुवेदीले अगस्ट २५ तारिख (सोमबार) स्कटल्याण्डको फाइवस्थित द रोयल ब्रिटिश लेजेन मा धार्मिक–आध्यात्मिक चिन्तन प्रवचन गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रम साँझ ५ बजेदेखि ६:३० बजे सम्म चल्नेछ।

यस्तै, अगस्ट २६ तारिख (मंगलबार) बिहान १० देखि १२ बजेसम्म सुवेदीले गलास्कोस्थित पशुपतिनाथ मन्दिरमा हरिचालिका तीजको महिमा सम्बन्धी प्रवचन दिनेछन्।

यसअघि सुवेदीले अगस्ट २१ तारिख (विहीबार) अल्डरशटस्थित पशुपति मन्दिरमा दिउँसो ४ बजेदेखि ७ बजेसम्म भक्तजनलाई तीजकथा श्रवण गराउने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्। उक्त अवसरमा स्थानीय भक्तजन, महिला समूह तथा धार्मिक संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहने अपेक्षा गरिएको छ।

सुवेदीले यसअघि लण्डनको साउथलमा सम्पन्न साताव्यापी श्रीमद्भागवत कथा महायज्ञलाई समापन गर्दै हजारौं श्रद्धालुलाई अध्यात्म, भक्ति र समाजसेवामा जोड्न प्रेरित गरेका थिए। बेलायतमै पहिलोपटक सार्वजनिक रूपमा आयोजित उक्त श्रीमद्भागवत महायज्ञमा तीन हजारभन्दा बढी भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

धेरै पढिएको