२० मंसिर २०८२, शनिबार
Follow Us

पूर्वी नवलपरासीको वनमा ८ मृग मृत फेला

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०८२, शनिबार ०७:०९

काठमाडौं । पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत अवस्थामा फेला परेका छन । देवचुली नगरपालिका– १३ मा रहेको वनमा मृगहरु मृत फेला परेका हुन् ।

एकैपटक ठूलो संख्यामा मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरेको छ । शुक्रबार मृत भेटिएका मृगहरुको पोस्टमार्टम गरी नमूना संकलन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन । ती नमूना राट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा पठाउने तयारी छ ।

पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने छ । ‘मृत्युको मानवीय कारण हो वा प्राकृतिक हो भनेर पत्ता लगाउन पोष्टमार्टम रिपोर्ट हेर्नुपर्छ, त्यसको लागि नमूना संकलन गरिसकेका छौं,’ निकुञ्जका सूचना अधिकारी थापामगरले भने ।

उनका अनुसार रिपोर्टपछि कुनै विषालु घाँस खाएर हो वा मानिसले मार्ने उद्देश्यले विष राखिदिएको हो भन्ने पत्ता लाग्नेछ ।

धेरै पढिएको