२३ श्रावण २०८३, शनिबार
Follow Us

एनआरएनए एशिया सम्मेलनमा कांग्रेस नेता भिष्मराज आंदम्बे प्रमुख अतिथि (नेताहरुको सूचि सहित)

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८३, शनिबार ०३:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलन यस वर्ष चीनको गंन्जाओमा आयोजना हुने भएको छ। आगामी अगष्ट १५ र १६ तारिखमा सम्पन्न हुने उक्त सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आंदम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कंडेलका अनुसार सम्मेलनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ। उनका अनुसार सम्मेलनमा नेपालको विकास, पर्यटन प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, तथा गैरआवासीय नेपालीहरूको भूमिका लगायतका विषयमा व्यापक छलफल गरिनेछ।

सम्मेलनमा संघीय संसदका सदस्यहरू मनिषा झा, जगदीश खरेल, ऐनबहादुर महार, युवराज दुलाल, क्षितिज थेबे, खुश्बु ओली, एरेन राई र खगेन्द्र सुनार तथा पूर्व सांसद सूर्य पाठक सहभागी हुनेछन्। त्यस्तै, अन्य सहभागीहरूमा अरुण कुमार सुवेदी र राजेन्द्र बनियाँ पनि रहनेछन्।

एनआरएनएले आयोजना गर्ने यस्ता क्षेत्रीय सम्मेलनहरूले विश्वभर रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने, अनुभव आदानप्रदान गर्ने तथा नेपालको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्य राखेको छ। यस सम्मेलनबाट विशेषगरी एशिया क्षेत्रमा रहेका नेपाली व्यवसायी, विज्ञ तथा पेशाकर्मीहरूबीच सहकार्यको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न सत्रहरू मार्फत पर्यटन क्षेत्रको सम्भावना, नेपालमा लगानीको वातावरण, नीति सुधारका आवश्यकता तथा गैरआवासीय नेपालीहरूको अधिकार र भूमिका विषयमा गहन छलफल गरिनेछ।

धेरै पढिएको