२५ बैशाख २०८१, मंगलवार
Follow Us

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान

sarusaru
१० बैशाख २०७६, मंगलवार ०१:५३

हेटौँडा । प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि हेटौँडा उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आवश्यकताअनुसार प्रचलित कानूनबमोजिम स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो।

स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने निर्णय यसअघि नै गरेको थियो । सोही निर्णयअनुसार बजेट व्यवस्था गरिने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए।
डिसी नेपाल