१८ बैशाख २०८१, मंगलवार
Follow Us

श्रीमतीको विभत्स हत्या गरेर टाउकाे बोकेर हिँडे श्रीमान

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार ०९:१७

ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् ।

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

हत्या पारिवारिक कारण भएको बताइएको छ । जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रले बताए ।