ताजा खबर

काठमाडौंको तापक्रम १ डिग्री पुग्यो

काठमाडौं । उपत्यकामा अत्यधिक चिसो बढेको छ । उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ ।

आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमाडौंको तापक्रम १ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । मौसम विज्ञान विभागले बिहीबार बिहान गरेको मापनमा यो वर्षकै सबैभन्दा कम तापक्रम हो । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइनस ६.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाडौंको आज दिउँसोको तापक्रम भने १६ देखि १८ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ । यसअघि बुधबार पुस ९ गते काठमाडौंको न्यूनतम तापक्रम २.९ मापन भएको थियो ।

आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता