११ बैशाख २०८१, मंगलवार
Follow Us

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय पक्राउ

sarusaru
१५ पुष २०७६, मंगलवार ०७:३४

त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

महाराष्ट्रका सुनिल हरिराम पक्राउ परेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे ८ बजे फ्लाइ दुवईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ। उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्राम/२५० ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए।

मेशिनबाट एक्स-रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला थाहा प्रहरीले जनाएको छ।