५ जेष्ठ २०८१, शनिबार
Follow Us

उच्च स्तरीय समितिद्वारा २३ नाकाखोल्ने निर्णय

sarusaru
९ चैत्र २०७६, आईतवार ०४:२३

काठमाडौं। कोरोना रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार साँझ बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले भारतसँगका सबै नाकाबन्द गर्नुपर्ने प्रस्ताव गरेका थिए।

गृहमन्त्रीको थापाको सो प्रस्तावमा छलफल हुँदा कुटनीतिक रुपमा छलफल गर्ने निर्णय भएको छ। बैठकमा गृहमन्त्री थापाले सकेसम्म भारतकै सहमतिमा भारतसँगका सबै नाकाबन्द गर्ने, यदि भारतले मानेन भने पनि एकतर्फी रुपमा भएपनि सबै नाकाबन्द गर्नुपर्ने प्रस्ताव गरेका थिए।

भारतसँगको नाकाबन्द नगर्दासम्म कोरोना संक्रमणको खोजिम उच्च रहने भन्दै गृहमन्त्री थापाले भारतसँगको सबै नाकाबन्द गर्नुपर्ने प्रस्ताव गरेका थिए।

तर गृहमन्त्रीको सो प्रस्ताव पारित हुने सकेन। बैठकले भारतसँग सिमाना जोडिएका १८ जिल्लाका २३ नाकामात्र खोल्ने निर्णय गरेको छ। र, ती नाकाबाट नेपालीलाई मात्र प्रवेश दिइने बैठकले निर्णय गरेको छ। नेपालीलाई प्रवेश दिँदा पनि चेकजाँच गर्ने, प्रत्येक नाकामा हेल्थ डेस्क स्थापना गर्ने र स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ।

बैठकले इलामको पशुपतिनगर, झापाको मेची भन्सार भन्द्रपुर, मोरङको रानी भन्सार, सुनसरीको भन्टबारी नाका, सिराहाको मार्डर र ठाँडी, सप्तरीको कुनौली नाका, धनुषाको जटही र खजुरीबाट मात्रै नेपालीलाई प्रवेश गर्न दिने निर्णय भएको छ।

यसैगरी महोत्तरीको भित्तामोड, सर्लाहीको सोनवर्सा र मधुबनी, रौटहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको त्रिनगर र शक्ति, कंचजपुरको गड्डाचौकी र बैतडीको झुलाघाट, दार्चुलको खलंगा नाकाबाट मात्र नेपालीलाई प्रवेश गर्ने दिने निर्णय भएको छ। बाँकी सबै नाकाबन्द गर्ने निर्णय गरेको छ।

भारतसँगको सबै नाकाबन्द गर्ने विषयमा छलफल गर्ने जिम्मा परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ। यसैबीच कोरोना रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा घोषणा गर्ने निर्णय पनि गरेको छ।

योसँग कोरोना संक्रमणको चेकजाँच गर्ने अस्पताल दुई वटा भएका छन्। यसअघि टेकुमा रहेको शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालमा मात्र कोरोना संक्रमणको चेकजाँच हुँदै आएको थियो।
डिसी नेपाल