८ असार २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या एक सय नाघ्यो

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०७६, सोमबार ०७:२५

नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान कोरोना भाइरसको नयाँ तथ्यांक जारी गर्दै मृत्यु हुनेको संख्या सय नाघेको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या एक सय नौ पुगेको जनाएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार हजार ६७ पुगेको छ । जसमध्ये ३६ सय ६६ जनाको उपचार भइरहेको छ भने दुई सय ९१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै पाकिस्तानमा ३ हजार १ सय ५७ जना संक्रमित भएका छन भने ४७ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ३ सय ४९ जना संक्रमित छन भने चार जनाको ज्यान गएको छ । श्रीलंकामा पाँच जनाको मृत्यु भएको छ भने १ सय ७६ जना संक्रमित छन् ।

बंगलादेशमा ८ जनाको मृत्यु भएको छ भने ८८ जना संक्रमित छन् । त्यस्तै माल्दिभ्समा १९, नेपालमा ९, भुटानमा ५ जना संक्रमित छन । हालसम्म सार्क देशहरुमा ७ हजार ३ सय ९१ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ सय ७६ रहेको छ ।