२९ बैशाख २०८१, शनिबार
Follow Us

भारत र चीनका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२ असार २०७७, मंगलवार ०९:००

नयाँदिल्ली । सीमा विवादका कारण सम्वन्ध चिसिएको बेला भारत र चीनका सैनिकबीच हिंसक झडप भएको छ । गएराति भारत लद्दाखको सीमावर्ति क्षेत्रमा गलवन घाटीमा दुवै देशका सेनाबीच भिडन्त भएको हो ।

भिडन्तमा भारतीय सेनाका एक अधिकृत र दुई जवान गरी तीन जना मारिएका छन् । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आफ्ना तीन सैनिक मारिएको जनाएको छ । सोमवार राति डि एस्केलेसन प्रक्रियाका बेला दुई पक्षबीच भिडन्त भएको हो ।

भारत र चीनबीच सीमाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । गत मे महिनामा चिनियाँ सेना पेङगोङ झिल र गलवन घाटीमा प्रवेश गरेपछि दुई पक्षीय तनाव बढेको हो ।