१८ बैशाख २०८१, मंगलवार
Follow Us

आकस्मिक मन्त्रिपरिषद् बैठक १२ बजेपछि बालुवाटमा

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७७, आईतवार ०५:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नियमित मन्त्रिपरिषद बैठक सोमबार बस्ने गरेको भएपनि आज १२ बजेपछि बालुवाटारमा आकस्मिक रुपमा बैठक बोलाइएको हो ।

मन्त्रीमण्डल पुनर्गठनको चर्चा भैरहेको समयमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । मन्त्रीमण्डल पुनर्गठनका विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।

बिहीबार, शुक्रबार र शनिबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । अर्थ र सञ्चारलगायत महत्वपूर्ण मन्त्रालयहरु खाली रहेकाले यसलाई छिट्टै टुंग्याउने दुई अध्यक्षको तयारी छ ।