२३ बैशाख २०८१, आईतवार
Follow Us

आज ३११४ संक्रमित थपिए, २० जनाको निधन

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७७, मंगलवार १२:१७

काठमाडौं । देशैभर पछिल्लो २४ घन्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार १ सय ४२ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार १ सय १४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २० जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।