२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ४ जना नियुक्त, बेल्जियमबाट गौतम

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७७, मंगलवार १८:५५

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति समेत रहेका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले बिभिन्न जिल्लाका चार जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन्।

प्रतिष्ठानका प्रमुख निधिले कांग्रेसको बिधानको धारा ३६(१) ग बमोजिम सप्तरीका जितेन्द्रनारायण देव, बागलुङका गंगाधर गौतम (हाल बेल्जियम), सुनसरीका चन्द्रेश्वर खत्वे र सप्तरीका गीता चौधरीलाई सदस्यमा नियुक्त गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।