२४ बैशाख २०८१, सोमबार
Follow Us

म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७७, आईतवार ०५:१३

काठमाडौं । विगत वर्ष जस्तै यो बर्ष पनि म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । कार्तिक शुक्ल प्रतिपदा अर्थात आजका दिन यो पर्व मनाउने गरिन्छ ।

बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ । तर यस वर्ष भने तिथी घटबढ भएकाले नेपाल संवतको नयाँ वर्षको एक दिन अघि नै म्ह पूजा परेको छ । तिथि अनुसार पुजा गर्नेले आज र नेपाल संवतकै दिन पूजा गर्नेले सोमबार म्हः पूजा गर्न लागेका हुन् ।

म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १ सय ४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवतसँग जोड्नु नहुने एकथरीको भनाइ छ । नेवार समुदायमा आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।