१ श्रावण २०८२, बिहीबार
Follow Us

राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरे : चित्रबहादुर केसी

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७७, शनिबार ०४:४९

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उनले सरकार राज्य शक्तिको दुरुपयोगमा लागेको बताएका हुन् । केसीले प्रधानमन्त्रीले संबिधान मिचेर संसद विघटन गर्दा राष्ट्रपति त्यसको सहयोगी भएको आरोप समेत लगाए ।

अध्यक्ष केसीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु प्रतिगामी कदम भएको भन्दै बिघटित संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिए ।

सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिताभन्दा सत्ता र स्वार्थमा लागेको आरोप उनको छ ।

धेरै पढिएको