२३ बैशाख २०८१, आईतवार
Follow Us

बेलायतमा जुलाईसम्म वयस्कलाई पनि खोप दिने तयारी

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०७७, आईतवार ०३:४४

लन्डन । बेलायतले वयस्कलाई पनि खोप दिने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले सम्पूर्ण वयस्क नागरिकलाई आगामी जुलाईसम्ममा कोरोनाविरुद्धको खोप दिने तयारी गरिएको जानकारी दिएका हुन् ।

वयस्कलाई खोप दिँदा शारीरिक रुपमा कमजोर व्यक्तिहरु सुरक्षित हुने विश्वास उनको छ । मृत्युदर कम गर्न खोप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बेलायतका केही शहर अझै लकडाउनमा रहेका छन् । जुलाई सम्ममा वयस्कहरुलाइ खोप दिएपछि मात्रै लकडाउन खुकुलो पार्ने बेलायतको तयारी छ ।

बेलायतले डिसेम्बरदेखि नै खोप अभियान शुरु गरेको छ । हालसम्म १ करोड ७० लाखले खोप लगाइसकेका छन् । पचास वर्ष उमेर माथिका व्यक्तिलाई खोप लगाउने क्रम अझै जारी रहेको छ ।