२० बैशाख २०८१, बिहीबार
Follow Us

त्रिपाठी काँग्रेसको निर्माण विभागको सदस्यमा मनोनित

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७७, बुधबार १९:३७

लण्डन । बेलायत स्थित नेपाली समुदायका अब्बल समाजसेवी राजकुमार (आर.के.) त्रिपाठी नेपाली काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन भएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवाले त्रिपाठीलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोेधन सहित) को धारा २५(९) बमोजिम निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनयन गर्र्दै सभापति देउवाले भनेका छन – ‘पार्टीको निर्माण व्यवसायी समन्वय विभागको साथै समग्र नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशिल बनाउनमा तपाईँको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु ।’

बेलायत स्थित नेपाली समुदायमा राम्रो परिचय बनाएका समाजसेवी त्रिपाठी नेपाली काँग्रेसको वैदेशिक विभाग नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व महामन्त्री समेत हुन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका पूर्व महासचिव समेत रहेका उनी बेलायतको ब्यस्त अन्डरग्राउन्डका एक सिनियर इन्जिनियर समेत हुन् ।

यस अघि विभिन्न संघसंस्थामा नेतृत्व गरी सल्लाहकार समेत रहेका उनले समसामयिक विषयमा पार्टी तथा समग्र देशसँग सम्बन्धित विषयमा दैनिकजसो अपडेट गरिरहन्छन् ।

नेपाली काँग्रेसको नेतृत्व गर्दै उनले नेपालमा २०७२ सालको भूकम्प देखि विभिन्न समयमा भैपरी आएका समस्यामा खरो बनेर सहयोगात्मक काममा लाग्ने गरेका छन् ।