२६ बैशाख २०८१, बुधबार
Follow Us

पूर्वरानी कोमल आइसीयुमा

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७८, बिहीबार ०५:११

काठमाडौं । कोभिड १९ संक्रमणको सिकार भएकी पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ। स्वाप्रश्वासमा समस्या देखिएपछि पूर्वरानी शाहलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालका चिकित्सक जीपी जैशवालले जानकारी दिए।

कोभिड १९ संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सहित कोमल वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन्।

‘पहिले अक्सिजनको डिमाण्ड ३/४ केजी मात्र थियो। अहिले डिमाण्ड बढेर १० केजीसम्म पुगेको छ। त्यसैले आईसीयूमा राखिएको हो,’ चिकित्सक जैसवालले भने।

पूर्वराजा शाहको अवस्था भने सामान्य नै रहेको उनले जानकारी दिए।