३० बैशाख २०८१, आईतवार
Follow Us

सात वटै प्रदेश सरकारको बजेट आज

नेपालब्रिटेन संवाददाता
१ असार २०७८, मंगलवार ०६:५७

काठमाडौँ । सातै प्रदेश सरकारहरुले आज आआफ्ना प्रदेशसभा समक्ष आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै छन् । कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसबाहेक प्रदेशहरुको भूगोल तथा आ-आफ्नै विशेषता अनुरुपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ । सातवटै प्रदेशका अर्थमन्त्रीले बार्षिक आय-व्यय प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यक्रम छ । प्रत्येक बर्ष असार १ गते सबै प्रदेशमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।