२९ असार २०८२, आईतवार
Follow Us

परस्त्रीसँग चुम्बन गर्ने बेलायती स्वास्थ्य मन्त्रीद्वारा राजीनामा (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
१३ असार २०७८, आईतवार ०२:२१

प्रकाश के.सी । लण्डन । आफ्नो नजिककी साथी तथा कार्यकी सहयोगी, जीना कोलादानगेलोलाई मन्त्री कार्यालयमा अँगालोमा बाँधेर चुम्वन गरेको भीडीयो सार्वजनिक भए पछि बेलायत सरकारको स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका छन् । उनले परस्त्रीसँग राखेको अनैतिक सम्वन्धको भन्दा आफै स्वास्थ्य सचिव भएर ‘कोभिड १९’ को बारेमा नीतिहरुको निर्माण गर्दै सामाजिक दुरी राख्ने अर्थात् दुई मीटरको दुरी कायम गर्ने, आफ्नै परिवारका बाहेक अन्यलसँग नअँगालिने, चुम्बन नगर्ने आदि खालका नियम जनताका लागि पारित गर्ने ह्यान्ककले कार्यालयकी सहयोगीलाई अँगालेर चुम्वन गरेकोले कोभिड विरुद्धको कानून तोडेकोमा ज्यादा ध्यान दिइएको लागे तापनि फेशन टाइकुन ओलभिरकी पत्नी, तीन सन्तानकी आमा त्रिचालीस वर्षीया जीनासँग, मार्था होएर मिलारसँग पन्धश्वर्षअघि विवाह गरेर तीन सन्तानका बाबु बनिसकेका ह्यान्ककले राख्ने सम्वन्ध आफैमा अनैतिक हो र अनैतिक कार्यको अपेक्षा निम्नरुपमा बेलायतको सरकारमा राखिँदैन ।

त्यसैले पनि कन्जर्वेटिभ सांसद, मन्त्रीहरू र तल्लो तहका कन्जर्वेटिभहरूले प्रधानमन्त्री बोरिस जोनसनको चाहनालाई अवहेलना गरेर म्याट ह्यान्ककलाई सरकारबाट बर्खास्त गर्ने माग गरेपछि म्याट ह्यान्ककले स्वास्थ्य सचिवको रूपमा राजीनामा गरेका छन् । प्रधानमन्त्री जोन्सनले आफूसँग ह्यान्ककले गल्ती स्वीकारेर माफी मागेकोले सो स्वीकार गरेको समाचार ल्याएर उनलाई नहटाउने पर्यायका चाहना समाचारको रुपमा प्रकाश ल्याएपछि उनकै सरकारमा पनि असन्तुष्टीको लहर चलेको थियो ।

आफ्नो राजीनामा पत्रमा ह्यान्ककले भनेका छन् : “हामीले महामारीको बिरूद्ध लड्न देशको रूपमा कडा परिश्रम गरेका छौं। मैले चाहेको अन्तिम कुरा भनेको मेरो निजी जीवन, मेरा निजी कृयाकलापहरुले महामारीको बिरूद्ध लड्ने कार्यउपरको ध्यान विचलित गर्नु हो तर जुन अहिले त्यस्तै हुँदैछ । म कोभिड विरुद्धको नियम उलंघन गरेकोमा माफीको लागि दोहोर्याउन चाहन्छु, र मेरो परिवार र प्रियजनहरूलाई यस्तो अप्ठ्यारो र अप्रिय अवस्था पुर्याएकोमा माफी माग्दछु। यस समयमा मलाई पनि आफ्ना बच्चाहरूसँग बस्न आवश्यक छ। ”

आफ्नो पत्रमा उनले ‘एनएचएस स्टाफको समर्पण र साहस’ को प्रशंसा गरे ।

गएको राति नै प्रधानमन्त्री जोन्सनले ह्यान्ककको राजीनामा स्वीकार गरेपछि, साजिद जाविद, पूर्व चान्सलर र गृह सचिव, ह्यान्ककको प्रतिस्थापनको रूपमा प्रधानमन्त्री कार्यालयले घोषित गरेको छ । जाविद गत वर्ष फेब्रुअरीमा चान्सलरको पदबाट राजीनामा गरेका थिए । सो बेला प्रधानमन्त्रीले साजिद जाविद चान्सलर पदमा रहन चाहे भने उनलाई नजीकका आफ्ना सहयोगीहरूलाई हटाउने र प्रधानमन्त्री कार्यालयले छानेका सल्लाहकारहरू बदल्ने आदेश दिएका थिए ।

म्याट ह्यान्कक र जीना कोलादानगेलो अक्स्फोर्ड युनिभर्सिटीताकाका प्रेमीहरु थिए ।

धेरै पढिएको