लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा पदम बहादुर गोले (लामा) ले कार्यसमितिको सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
मिडल्याण्डस्थित नटिंघममा बसोबास गर्ने गोले सकृय समाजसेवी हुन् ।
पुर्खेली घर काभ्रेपलान्चोक भएका लामा सन् २०१० देखि सामाजिक सेवामा संलग्न छन् ।
रेष्टुरेन्ट व्यवसायी गोलेले ग्रामथाममा जापानीज रेष्टुरेन्ट संचालन गर्दै आएका छन् ।
गैरआवासीय नेपाली संघ यूकेको ३१ जुलाईमा हुने निर्वाचनको लागि भोलि लेखि उम्मेदवारी दर्ता हुदैछ ।