२५ पुष २०८२, शुक्रबार
Follow Us

थपिए १,८९७ संक्रमित, २० जनाकाे मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७८, सोमबार १२:५४

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६०९ आरटी पिसिआर र ४ हजार ३७० एन्टिजेन गरी कुल १५ हजार ९७९ जनामा परीक्षण गरिएकोमा १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३० हजार ९७३ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा, २ हजार ६२ संस्थागत आइसोलेसनमा र २६० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५१२ जना र भेन्टिलेटरमा १६३ जना उपचाररत छन् । मन्त्रालयका अनुसार साेमबार देशभरबाट १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

धेरै पढिएको