२५ पुष २०८२, शुक्रबार
Follow Us

इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७८, बुधबार ०६:४४

इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आज बिहान टाङेर्‍याङ जेलमा आगलागी हुँदा अधिकांश कैदीहरु सुतिरहेका थिए । सो जेलको ४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी बसेका थिए ।

आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो । घटनामा अन्य दर्जनौं घाइते भएका छन् भने केही गम्भीर घाइते भइ आईसीयूमा उचारत् छन् ।

आगलागी सर्ट सर्किट भएको हुनसक्ने आशंका गरिएपनि इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले आगलागी हुनुको कारणबारे पुष्टि हुन बाँकी रहेको थप अनुसन्धान भइरहेको बताएका छन् । २,००० कैदीहरु रहेका सो भवनको सुरक्षाका लागि १५ गार्ड मात्र ड्यूटीमा थिए ।

धेरै पढिएको