कला तथा मनोरन्जन

बेलायतमा यस वर्षकै सबैभन्दा बढी गर्मी

लण्डन । शुक्रबार बेलायतले यस वर्षकै सबैभन्दा तातो दिन अनुभव गरेको छ । जसमा लन्डनको सेन्ट जेम्स पार्कमा तापक्रम ३१.९ डिग्री सेल्सियस पुगेको थियो।

यस वर्षको अघिल्लो सबैभन्दा उच्च तापक्रम २६ जुनमा सरेको विस्लीमा ३०.५ डिग्री सेल्सियस मापन गरिएको थियो।

बिहीबारको तातो मौसमको कारण बेलायतभरका तापक्रम २५ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको छ।

सप्ताहन्तमा चिसो मौसम पूर्वतिर फैलिनेछ र आइतबारसम्म जुलाईको सामान्य तापक्रम फर्कनेछ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्