काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको जानकारी दिएका छन । मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन ।
उनले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको भन्दै व्यंग्य गरेका छन । केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ हुनुहुन्छ ।
अव आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि !’ उनले कांग्रेसकै कारण प्रदेश सरकारलाई पूर्णता दिन नसकिरहेको बताएका छन । कँडेलले भने, ‘कांग्रेसका साथीहरू आन्तरिक छलफलमै हुनुहुन्छ ।
ढिलाइ किन भइरहेको छ, उहाँहरूको कुरा मलाई थाह भएन ।’एमाले–कांग्रेसबीच सत्ता समीकरण बनेपछि माओवादी केन्द्र कणाली सरकारबाट पनि बाहिरियो । माओवादीका मन्त्रीहरूले साउन ७ गते राजीनामा दिएका थिए ।
कांग्रेसका नेताहरु माओवादीले सम्हालेका मन्त्रालयहरू लिएर आफूहरु सरकारमा जाने बताउने गरेका छन् । तर मुख्यमन्त्री कँडेलले नयाँ भागवण्डा गर्न चाहन्छन् ।
यसअघि माओवादीले लिएको अर्थ मन्त्रालय आफैंसँग राख्न चाहन्छन् । भौतिक पूर्वाधारसहित तीन मन्त्रालय कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउन छलफल भइरहेको एमालेका एक सांसदले जानकारी दिएका छन ।