३१ जेष्ठ २०८३, आईतवार
Follow Us

उपसभामुखमाथिको आरोप प्रमाणित गर्न प्रधानमन्त्रीलाई रास्वपाको चुनौती

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८२, मंगलवार १३:०६

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप प्रधानमन्त्रीले लगाएको स्रोतले जानकारी दिएको छ ।

यसबारे प्रतिक्रिया दिँदै रास्वपा उपसभापति डीपी अर्यालले आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् । विकसित घटनाक्रमपछि सिंहदरबारमा बसेको विपक्षी दलको बैठक कक्षमा प्रवेश गर्नुअघि उनले भने, ‘उपसभामुख मानव तस्कर भएको प्रमाणित गर्नुस्, हामीले संसद्‍मा उठाएको मानव तस्करको विषय पुष्टि गर्छौं ।’

धेरै पढिएको

slot gacor