काठमाडौँ। श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।
कम्पनीले भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि भदौ ३० र ३१ गतेसम्म आवेदन दिने म्याद थप गरेको हो ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्कासनको अनुमति मिलेको छ ।
यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका बासिन्दाका लागि छुट्याइएको छ, जहाँ न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीय बासिन्दाले नबिल, एनएमबी र ग्लोबल आइएमई बैंकका तानसेन र पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् ।