४ पुष २०८२, शुक्रबार
Follow Us

पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, कुनै जेनजी भन्दा कम छैनौँ : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०८२, बिहीबार १२:१६

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरु नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले उमेरको हिसावले धेरैजसो नेताहरु उत्तराद्र्धमा रहेको बताए ।

तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा जेनजी युवा भन्दा कम नरहेको बताए । ‘हुनतः हामी उमेरको हिसावले धेरैजसो नेताहरुले यहाँ अहिलेको उपस्थित छौँ । हामी उत्तराद्र्धतिर छौँ । तर राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी कुनै जेन–जी युवा भन्दा कम पनि छैनौँ । अन्तिम समयसम्म हामी त्यो भुमिका पूरा गर्न चाहन्छौँ’ उनले भने ।

अन्तिम समयसम्म आफूहरु सक्रिय भुमिका निर्वाह गर्ने आकंक्षामा रहेको बताए । जेनजीलाई सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरुको चाहना रहेको बताए ।

‘जेनजी युवाहरुको असली अभिभावक बन्न चाहन्छौँ । उनीहरुलाई सही बाटोमा ल्याउने र त्यो तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान् । हामी पद भइराख्नुपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीतिक गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन’ उनले भने ।

संयोजक दाहालले आफूहरुको एकता एउटा आन्दोलन भएको बताए । आफूहरुको उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको पनि बताए । नेपाली कम्युनिष्ट पार्टीले युवाहरुको आवाजलाई मुखरित गर्ने बताए ।

धेरै पढिएको