मुख्य समाचार

हराएका चेलीवेटीको लागि मोबाइल एपको प्रयोग सुरु

काठमाडौं । हराएका, बेश्याबृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक मोबाइल एप सुरु गरिएको छ।

माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमा नाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रुपमा जान लागेका, बेचविखनमा पर्न लागेका बालबालिका र चेलीबेटी तुरुन्त पत्ता लाग्नेछ।

अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो। एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलीबेटी खोज्ने कार्य सहज हुने भएको हो।

अन्तराष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मुल्य करिब १ मिलियन अमेरिकी डलर अर्थात १० करोड नेपाली रुपैंयाँ बराबरको भएको नाउट्रिकिट इन्क कम्पनीका प्रबन्ध निर्देशक प्रमुख कार्यकारी अधिकृत समीर पन्थीले जानकारी दिए।

– राजधानी दैनिकबाट ।

About the author
nepalbritain news

nepalbritain news