ब्रेकिङ न्युज
‘रअ’ र प्रधानमन्त्री केपी शर्मा ओली बीचको भेट रह्यमय
काठमाण्डौं। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर प्रमुख ‘रअ’ का प्रमुख सामन्त गोयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेका छन् ।
प्रधानमन्त्रीले रअका प्रमुखसँग भेटको हामीलाई थाहा छैन । रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन’ बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले भने ।
उनले केही बानी परेकाहरुले भेटेको भए त्यो आफूहरुलाई थाहा हुने कुरा नहुने भन्दै उनले भने, ‘प्रधानमन्त्रीले भेटघाट गरेका छैनन् । सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ । जस जसलाई भेट्ने बानी छ उनीहरुले भेटे होलान् ।’

