मुख्य समाचार

सनराइज बैंक प्रादेशिक कार्यालयद्वारा पीपीई हस्तान्तरण

काठमाडौं । सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।

२८ चैतमा बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरीशंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विवेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरेका थिए ।

प्रादेशिक कार्यालयका प्रमुख विवेक निरौलाल विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीई प्रदान गरेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म बैंकले विभिन्न अस्पतालमा ५ सय बढी पीपीई उपलब्ध गराइसकेको छ । अन्य प्रदेशमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता