१३ पुष २०८२, आईतवार
Follow Us

अमेरिकाद्वारा डब्लुएचओलाई दिँदै आएको सहायता रोक्का

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७७, बुधबार ०४:०६

जेनेभा । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएलओ)लाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्लुएचओ विफल भएको उनको आरोप छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले चीनमा भाइरस देखिएपछि त्यसको संक्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको बताएका छन् । डब्लुएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ ।

डब्लुएचओले भने यो आर्थिक सहयोग रोक्ने समय नभएको भन्दै सबै मिलेर कोरोनाभाइरस महामारीसँग जुझ्नुपर्ने बताउदै आएको छ । अमेरिका डब्लुएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्छ ।

उसले गत वर्ष ४० करोड डलर डब्लुएचओलाई उपलब्ध गराएको थियो । यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशतभित्र पर्छ । अमेरिका कोरोना भाइरस महामारीको अहिले केन्द्रबिन्दुमा छ जहाँ छ लाख मानिसमा सङ्क्रमण पुष्टि भएको छ भने २५ लाख भन्दा बढीको मृत्यु भइसकेको छ ।

धेरै पढिएको