३० पुष २०८२, बुधबार
Follow Us

मन्त्री आले र प्राधिकरणको सीइओसँग एनआरएनए टोलीको भेट

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७७, बुधबार १९:०९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, सुशील ज्ञवालीसँग भेट ग¥यो । लाप्राक नमुना बस्तिको लागि आवश्यक ६००० क्युविक फिट काठ आपूर्तिको लागि स्वीकृति छलफल भएको एनआरएनएले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञावालीले संघले अत्यन्तै सुन्दर बस्ति निर्माण गर्दै गरेको र विभिन्न कारणले निर्माण कार्य केहि ढिलो भएता पनि आगामी बैशाख १२ गते भित्र बस्ति आधिकारिक रुपमा लाभग्राहिहरुलाई हस्तान्तरण गर्ने योजना रहेकोमा आवश्यक मध्य केही काठ आपूर्तिमा देखिएको ढिलाईका कारण निर्माण कार्यमा समस्या परेकोले ६००० क्यूविक काठको सहज व्यवस्था गरिदिन सिफरिस गरेका थिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बिकटताको कारण निर्माणमा केहि ढिलाई भएता पनि विभिन्न कठिनाईका बावजुत संघ अत्यन्तै मनमोहक र सुन्दर बस्ति निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले नेपाल सरकारले काठको उपलब्धीमा सहजिकरण गरिदिएमा योजना अनुरुप बस्ति निर्माणको सम्पूर्ण कार्य सकिने जानकारी गराउंदै थप काठको व्यवस्था गरिदिन अनुरोध गरे ।

मन्त्री आलेले नेपाल सरकारले गर्न पर्ने कार्य संघले विश्वभरि फैलिएका नेपालीहरुका सहयोग मार्फत गरेकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै छिटो आवश्यक काठको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरे । सो छलफलमा वन सचिव, वन बिभागका महानिर्देशकका साथै संघका तर्फवाट उपध्यक्ष डा. बद्री केसी, यूरोपका क्षेत्रिय उपसंयोजक कृष्ण तिमिलसिना, लाप्राक नमूना वस्ती परियोजना सहसंयोजक श्याम तामाङ्ग र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

धेरै पढिएको