काठमाडौं । संसद् सचिवालयमा नेकपा संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र दर्ता भएको छ । पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएको ब्यहोराको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको हो ।
मुख्य सचेतकमा देवप्रसाद गुरुङलाई निरन्तरता दिएको छ । आइतबार दिउँसो दाहाल–नेपालसहित सांसदहरू निवेदन लिएर महासचिवलाई भेट्न गएका थिए । महासचिवले पत्र बुझे पनि दर्ता गर्न भने मानेका थिएनन् । फागुन २१ गतेको दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो ।