२६ पुष २०८२, शनिबार
Follow Us

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल सर्वसम्मत, राष्ट्रियसभामा भुसाल

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७८, आईतवार ०९:०३

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल चयन हुनु भएको छ । नयाँ पार्टी दर्ता भएपछि पहिलो पटक बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष नेपाललाई चयन गरेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको थियो । प्रतिनिधिसभामा एकीकृत समाजवादी पार्टीका २३ सांसद छन् ।

यस्तै बैठकले राष्ट्रियसभा संसदीय दलको बैठकले बेदुराम भुसाललाई दलको नेता चयन गरेको छ । राष्ट्रियसभामा नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । संसदीय दलको बैठकले विधान मस्यौदा समिति पनि गठन गरेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो । समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी सदस्य छन् । यस्तै बैठकले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा दलका नेता नेपाललाई दिने निर्णय गरेको सांसद चौधरीले बताउनु भयो ।

धेरै पढिएको