१३ असार २०८१, बुधबार
Follow Us

पुष्प र श्रद्धाको ‘कृष्णलीला’ को ‘ए मेरो हजुर’ गीत सार्वजनिक

नेपालब्रिटेन संवाददाता
११ असार २०७९, शनिबार ०४:४२

यहि भाद्र ३ गते कृष्ण जन्माष्टमीको अवसरमा प्रदर्शन हुने फिल्म ‘कृष्णलीला’ को ‘ए मेरो हजुर’ बोलको गीत सार्वजनिक गरिएको छ । आज शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतमा अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री प्रस्तुत छन् । रवि ओड र सुनिता कार्कीको युगल आवाज रहेको गीतमा डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ । यस गीतको भिडियोलाई माईकल चन्दले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

तिलिचो ताल र त्यसमाथिको क्षेत्रमा छायांकन गरिएको भिडियोमा पुष्प र श्रद्धाको केमेस्ट्री मज्जाको देखिएको छ । भिडियोको लोकेशनले दर्शकहरुको मन लोभ्याउँछ । फिल्मको डिजिटल राइट्स डीएआर मुभिजले खरिद गरेको छ ।

दीपक ओली निर्देशित ‘कृष्णलीला’ को प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको फिल्म लभस्टोरी जनरामा निर्माण भएको हो । फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, आयुशा क्षेत्री नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईँ लगायतको अभिनय छ । शिव ढकाल र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखन लक्ष्मण सुवेदीले गरेका हुन् ।