२५ असार २०८२, बुधबार
Follow Us

गैरकानूनी रूपमा विदेशमा रहेकाहरूलाई कानूनी प्रक्रिया अपनाउन परराष्ट्र मन्त्रीको आग्रह

नेपालब्रिटेन संवाददाता
१२ असार २०८२, बिहीबार १३:४६

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोबास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गरेकी छन्।

बिहीबार सिंहदरवारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैरकानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन्।

उनले विदेश जानेहरूलाई कानूनी रूपमै जानको लागि आग्रहसमेत गरिन्। उनले श्रम सञ्चार एपमा जिटुजी सम्झौता गरेर पठाएका कामदारहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन्।

महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल सुरु गरेको बताउँदै उनले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

उनले कुन देशमा कति नेपाली छन् भन्ने थाहा पाउन र सम्पर्क बिन्दु बनाउनको लागि आफूहरूले प्रयास गरिरहेको उल्लेख गरिन्।

धेरै पढिएको