१९ बैशाख २०८१, बुधबार
Follow Us

गैरआवासीय नेपाली संघ केन्याको अध्यक्षमा भट्ट

नेपालब्रिटेन डट कम्
१२ असार २०७४, सोमबार १४:४८

नैरोबी- गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय केन्याको अध्यक्षमा कृष्णदत्त भट्ट निर्वाचित भएका छन्। २ वर्षे कार्यकाल हुने समन्वय समितिको उपाध्यक्षमा कृष्णप्रसाद गैरे र महासचिवमा विष्णु कार्की रहेका छन्। राजधानी नैरोबीमा आइतबार भएको अधिवेशनले १५ सदस्यीय समन्वय गठन गरेको हो।

सचिवमा लक्ष्मी बुलुन, कोषाध्यक्षमा दीपक अधिकारी, सदस्यहरुमा गोविन्द भुसाल, गोपाल कामी, निशा कुँवर, शिव अधिकारी, आनन्द आलोक, पीताम्बर पाण्डे, सुरज बिसी, कुमारी जिसी निर्वाचित भएका छन्। अधिवेशनले अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्यमा यादव काफ्ले, महिला संयोजकमा तारा ढकाल र युवा संयोजकमा सुरज डुम्रेलाई निर्वाचित गरेको छ ।

महाधिवेशनको उद्घाटन संयुक्त रुपमा केन्याका लागि नेपाली अवैतानिक वाणिज्यदूत जिम्मी ओसकार र निवर्तमान अध्यक्ष रामचन्द्र बस्यालले गरेका थिए। सात वर्षअघि समन्वय समिति स्थापना भएको पूर्वी अफ्रिकी मुलुक केन्यामा पाँच सय नेपाली कार्यरत छन्। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई एनआरएनए अफ्रिकाका संयोजक सुनिल कार्कीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।