काठमाडौँ । स्पेनका कार्लोस अल्कारेजले युएस ओपनमा पुरुष एकलतर्फको उपाधि जितेका छन् । सोमबार बिहान भएको अमेरिकाको न्युयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम टेनिसको फाइनलमा इटालीका यानिक सिनरलाई ३-१ को सेटमा हराउँदै अल्काराजले उपाधि जितेका हुन् ।
पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेका उनले दोस्रो सेट भने ३-६ ले सिनरलाई सुम्पिएका थिए । तर सो पछिका दुई सेट ६-१ र ६-४ ले जित्दै युएस ओपनको उपाधिमा आफ्नो नाम लेखाए ।
२२ वर्षे अल्कारेजको यो दोस्रो युएस उपाधि हो भने छैठौँ ग्राण्डस्लाम उपाधि हो । महिलातर्फको उपाधि भने बेलारूसकी एरिना सबलेन्काले जितेकी थिइन् ।