३० भाद्र २०८२, सोमबार
Follow Us

भारतद्वारा पाकिस्तान पराजीत

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०८२, सोमबार ०५:१९

काठमाडौं । एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर साहिबजादा फहरानले ४०, शाहिन शाह ३३ ले रन जोडे ।

भारतको जितमा स्पिनर कुलदीप यादवले ३ विकेट लिए । यसैगरी अक्षर पटेल र जस्प्रित बुमराहले समान २ – २ विकेट लिए । समूह ए मा रहेको भारत ४ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा छ ।

पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले समूह चरणको अन्तिम खेल आउँदो शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल पर्सि बुधवार युएईसँग खेल्नेछ ।

सुपर ४ मा पुग्न पाकिस्तानलाई पर्सिको खेल जित्नै पर्ने दबाव छ । समूह बी मा रहेका अफगानिस्तान शीर्ष र श्रीलंका दोस्रो स्थानमा छन् । बंगलादेश तेस्रो र जितविहीन हङकङ पुछारमा छन् ।

धेरै पढिएको